Page Views

Widgets

इतिहास रच्दै नेपाल पहिलो पटक डिभिजन टू मा प्रवेश | PROUD NEPALI

Unknown | 15:03 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

प्रतियोगिताको फाइनलमा आज नेपालले युगाण्डालाई ५ विकेटले हराएको छ ।
बर्मुडाको सेन्ट डेभिडमा युगाण्डाले टस जितेर ब्याटिंग रोजेपछि युगाण्डाले  १५१ रन बनायो ।  १५२ रनको  लक्ष्य नेपालले ३९.२  ओभर खेलेर ५ विकेटको क्षतिमा पूरा गरेको हो । उकालो लाग्दै गरेकोनेपाली क्रिकेट टिम पहिलो पटक आइसीसी डिभिजन टू मा प्रवेश गरेको छ ।  बर्मुडामा जारी डिभिजन थ्रीको शनिवार भएको खेलमा ईटालीलाई भारी अन्तरले हराएसंगै नेपालले इतिहास रचेको हो । शनिवार भएको खेलमा इटलीमाथि गणितिय हिसावमा आवश्यक अन्तरको जित र अमेरिका बर्मुडासँग नेपाललाई आवश्यक पर्ने अन्तरको अधारमा पराजित भएपछि नेपाली क्रिकेट टिमले आगामी सन् २०१४ मा न्यूजिल्याण्डमा हुने विश्वकप छनौटमा ठाउँ बनाउन सफल भएको छ ।
६ टिम सहभागी रहेको डिभिजन थ्रीका अमेरिका र युगाण्डासंग भएका दुई खेलमा पराजित भएको नेपालले त्यसपछिका सबै तीन खेलमा लगातार सानदार जीत हाँसिल गरेको थियो । लिगको अन्तिम खेलमा शनिवार राति नेपालले इटालीलाई ८ विकेटले हराएको थियो ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments